राष्ट्रियसभा उपाध्यक्ष घिमिरे एमालेको सबै जिम्मेवारीबाट अलग – Nepal Press

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे एमालेको सबै जिम्मेवारीबाट अलग

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको उनले घोषणा गरेकी हुन् । आफू सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको घिमिरेले बताइन् ।

राष्ट्रियसभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानूनहरू र राष्ट्रियसभा नियमावलीद्वारा निर्देशित कामहरू तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने उनको प्रतिवद्धता छ ।

उपाध्यक्ष घिमिरे गत चैत्र २८ गते राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । राष्ट्रियसभा सदस्य पदमा नेकपा (एमाले) को तर्फबाट निर्वाचित भएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर