इन्जिन मर्मतका लागि इजरायलमा रहेको निगमको न्यारोबडी जहाज सोमबार नेपाल ल्याइने (भिडिओ) – Nepal Press

इन्जिन मर्मतका लागि इजरायलमा रहेको निगमको न्यारोबडी जहाज सोमबार नेपाल ल्याइने (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको वायु सेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौं ल्याइने जानकारी दिएका छन् ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा मन्त्री तामाङले निगमका पदाधिकारीले सोमबार उक्त जहाज नेपाल ल्याइने जानकारी गराएको बताएका हुन् ।

आफू मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएको बिषयमा निरन्तर जानकारी लिएको उनले बताए । सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने तयारी भएको पनि उनले बताए ।

मन्त्री तामाङले नेपालको हवाइक्षेत्रलाई कालोसूचिबाट हटाउनका लागि निरन्तर छलफल भइरहेको बताए । उनले यस बर्षको सगरमाथा दिवस आगामी जेठ १६ गते प्रधानमन्त्रीको आतिथ्यमा सगरमाथाको फेदीमा मनाउने जानकारी दिए ।

सगरमाथा दिवस मनाउनका लागि आवश्यक तयारी पनि सुरु गरिसकेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर