नेपाल प्रेसका स्तम्भकार मेवाहाङ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको कोशी प्रदेश अध्यक्षमा चयन – Nepal Press

नेपाल प्रेसका स्तम्भकार मेवाहाङ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको कोशी प्रदेश अध्यक्षमा चयन

विराटनगर । कोशी प्रदेशभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भेलाले विश्वरसिंह मेवाहाङको अध्यक्षतामा प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)को प्रदेश समिति गठन गरेको छ ।

शनिबार विराटनगरमा भएको भेलाले मेवाहाङको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो । मोरङको रंगेलीस्थित आदर्श माविका प्रधानाध्यापक मेवाहाङ नेपाल प्रेसका स्तम्भकार समेत हुन् ।

समितिको उपाध्यक्ष कुमार खड्का (उदयपुर), महासचिव छविलाल धमला (मोरङ) र सचिवमा नरबहादुर विश्वकर्मा (धनकुटा) तथा लक्ष्मीप्रसाद खनाल (खोटाङ) चयन भएको पानले जनाएको छ ।

पानको कोषाध्यक्ष रामकुमार चर्माकार (संखुवासभा) र सह–कोषाध्यक्ष राधिकादेवी भट्टराई (पाँचथर) छन्। सदस्यहरूमा नवीन चाम्लिङ (खोटाङ), चन्द्रबहादुर भुजेल (ओखलढुंगा), गुरुप्रसाद राई (सोलुखुम्बु), यादवप्रसाद बस्नेत (उदयपुर), राजधन राई (भोजपुर), छत्रपति दाहाल (मोरङ), बेनुपप्रसाद खनाल (इलाम), रुकमान लिम्बू (झापा), कुबेरप्रसाद भेटवाल (संखुवासभा) र गोविन्द राई (धनकुटा) छन् ।

यो संस्था गैरराजनीतिक भएको र यसले प्रधानाध्यापकहरूको क्षमता विकास, विद्यालयमा गुणस्तरीय शिक्षालगायत शैक्षिक विकासको क्षेत्रमा काम गर्ने मेवाहाङले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *