इलाममा तरुण अध्यक्षको भाषण- अन्तर्घात गर्नेलाई बोरामा हालेर फ्याँकिदिनू, म जिम्मा लिन्छु – Nepal Press

इलाममा तरुण अध्यक्षको भाषण- अन्तर्घात गर्नेलाई बोरामा हालेर फ्याँकिदिनू, म जिम्मा लिन्छु

इलाम । नेपाल तरुण दलले वैशाख १५ को उपचुनावको सन्दर्भलाई लिएर इलाममा तरुण भेला आयोजना गरेको छ । उक्त भेलामा तरुण दलका अध्यक्ष विद्वान गुरुङले माउ पार्टी कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई जिताउन एकजुट हुन तरुण तथा युवालाई आव्हान गरे ।

इलाम २ को ८२ वडामा खटिएका तरुण कमाण्डरले अध्यक्ष गुरुङलाई चुनाव खड्काले जित्ने कुरामा विश्वस्त पारे । अध्यक्ष गुरुङले यदि नेपाली कांग्रेसकै मत बाँडिने सम्भावना रह्यो भने तरुणहरूले रोक्नुपर्ने बताए ।

अरु कुनै पनि पार्टीले इलामको विकास गर्न नसक्ने जिकिर गर्दै गुरुङले डम्बर नै यहाँको लागि उपयुक्त व्यक्ति भएको बताए ।

‘पार्टीभित्र अन्तर्घात हुने अवस्था देखिए त्यस्तो व्यक्तिलाई बोरामा हालेर वारिबाट पारि कान्लामा पुग्ने गरी फाल्दिए हुन्छ सम्पूर्ण जिम्मा म लिन्छु’, उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतक गोपाल तामाङ, प्रदेश सांसद माननीय खगेनसिंह हाङामले सम्बोधन गरेका थिए । तरुण दल केन्द्रीय सदस्यहरूको तर्फबाट निरज निरौलाले इलाममा डम्बर खड्काको विकल्प नभएको दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर