आजदेखि भोजपुर गोल्डकप : ‘ए’ डिभिजनका दुई क्लबसहित ८ वटा टीम प्रतिस्पर्धी – Nepal Press

आजदेखि भोजपुर गोल्डकप : ‘ए’ डिभिजनका दुई क्लबसहित ८ वटा टीम प्रतिस्पर्धी

भोजपुर । आजदेखि यहाँ सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भोजपुर जिल्ला फुटबल संघले जनाएको छ ।

भोजपुर रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित ८ वटा टीमको सहभागिता रहने भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताए ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने छ । त्यस्तै जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौं, चर्च व्बाइज युनाइटेड काठमाडौं, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्टस् क्लब र आयोजक टीम मैदानमा उत्रिनेछन् ।

४९ लाख २५ हजार ५ सय लागत अनुमान रहेको यस प्रतियोगितामा भोजपुर नगरपालिकाले ३० लाख छुट्याएको छ । बाँकी रकम प्रायोजकहरूबाट जुटाइने छ । प्रतियोगिताका विजेता तथा उपविजेताले मेडल र ट्रफीसहित ५ लाख र ३ लाख नगद पाउने छन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकको पुरस्कार छुट्याइएको छ ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताको सहप्रायोजक राष्ट्रिय वाणिज्य बैंक र प्रायोजकमा साल्ट ट्रेडिङ कर्पोरेसन, शिवम फुटवेयर्स प्रालि, साङ्ग्रिला चप्पल, युडी विल्डर्स भोजपुर र तेज कन्ट्रक्सन काभ्रे र संयुक्त बस व्यवसायी भोजपुर रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर