गोरखाकाे वीरेन्द्र तालमा हिमपहिरो, बाढीले काठेपुल बगायाे – Nepal Press

गोरखाकाे वीरेन्द्र तालमा हिमपहिरो, बाढीले काठेपुल बगायाे

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित  वीरेन्द्र तालमा हिमपहिरो खसेको छ ।

मनास्लु क्षेत्रमा पर्ने तालमाथि हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो भेगमा बाढी आएको छ ।

बाढीले सामागाउँको काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले बताए ।

उनले नेपालप्रेससँग भने,‘वीरेन्द्र ताल फुटेको होइन । तालमा हिमपहिरो आएको हो । हिमपहिरोबाट तालबाट पानी छछल्किएको हो । सामागाउँको काठेपुल बगाएको छ । अहिलेसम्म बस्तीमा त्यति जोखिम छैन ।’

बाढीकाे बुढीगण्डकी नदीको माथिल्लो क्षेत्रबाट पानीको बहाव बढेको जानकारी प्राप्त भएको हुँदा बुढीगण्डकी नदीको क्षेत्र आसपासमा बालुवा, ढुंगा उत्खनन तथा माछा मर्ने जस्ता कार्यहरु नगर्नुहुन र आसपास क्षेत्रमा बसोबास गर्ने मानिसहरुले सतर्कता अपनाउन अनुराेध गरेकाे उनले बताए ।  सार्वजनिक सूचना जारी गरेर सबैलाई सचेत गराएकाे उनकाे  भनाई  छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *