इटहरी उपमहानगरको निर्णयमा निजी विद्यालयको अटेरी- ड्रेस कोड लागू नगर्ने – Nepal Press

इटहरी उपमहानगरको निर्णयमा निजी विद्यालयको अटेरी- ड्रेस कोड लागू नगर्ने

विराटनगर । इटहरी उपमहानगरपालिकाको इटहरीभरिका सबै विद्यालयहरूमा एकै प्रकारको पोशाक लागू गर्ने निर्णय कार्यान्वयनमा निजी विद्यालयहरूले अटेर गरेका छन् ।

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको निर्देशनमा उपमहानगरको निर्णय कार्यान्वयन नभएको हो । प्याब्सनले उच्च अदालत विराटनगरमा हालेको रिट उपर सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश नहुने आदेश दिएको थियो ।

अदालतको आदेशविपरीत एकै प्रकारको ‘ड्रेस कोड लागू नगर्न विद्यालयहरूलाई परिपत्र गरिएको छ ।

​इटहरीका निजी विद्यालयका छाता सङ्गठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एसोसिएसनले ड्रेस लागू नगर्न र शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचना अनुसार नै लिन सकुर्लर गर्दै स्थानीय सरकारका तर्फबाट कुनै शिक्षालय वा शिक्षालयमाथि कारबाही भए संगठनले जिम्मेवारी लिने उल्लेख गरेका छन् ।

नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ अनुसार बालबालिकाको आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ । तर, इटहरी क्षेत्रमा निजी विद्यालयले चर्को शुल्क लिने गरेका छन् । उपमहानगरले भर्ना शुल्क पनि नलिन निर्देशन लिए पनि निजी स्कुलहरूले भर्ना शुल्क पनि लिइरहेका छन् ।

इटहरी क्षेत्रमा १७० वटा विद्यालय रहेका छन् । जसमा ३६ वटा निजी विद्यालय छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *