पाटन क्याम्पसमा भुमिगत माग राखेर कांग्रेस, माओवादी र एसनिकट विद्यार्थीको तालाबन्दी, भोलिबाट पेन डाउन गर्ने प्राध्यापकको चेतावनी – Nepal Press

पाटन क्याम्पसमा भुमिगत माग राखेर कांग्रेस, माओवादी र एसनिकट विद्यार्थीको तालाबन्दी, भोलिबाट पेन डाउन गर्ने प्राध्यापकको चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पाटनले पाटन संयुक्त क्याम्पसको प्रशासन तालाबन्दीको कारण असहज भएको बताएको छ । प्राध्यापक संघले एक विज्ञप्ति जारी गर्दै भोलिबाट पेन डाउन गर्ने चेतावनी दिएको हो ।

प्रशासनमा एक महिनादेखि भूमिगत माग राखेर संयुक्त विद्यार्थी संघठन नेबिसंघ, अखिल क्रान्तिकारी र नेकपा एसको अनेरास्ववियूले क्याम्पस प्रमुखलाई क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

विद्यार्थीहरु लगायत सबै सरोकारवालाहरुका यथोचित मागको सम्बोधन हुनुपर्छ भन्नेमा प्राध्यापक संघ अडिग जनाएको छ । विद्यार्थीहरुको मागहरुको सम्बोधनमा ढिलासुस्तिका कारण क्याम्पस प्रशासन एक महिनादेखि बन्द हुनाले प्रशासनिक भवनमा रहेका नेपाली, अंग्रेजी, भूगोल, राजनितिशास्त्र, इतिहास तथा बौद्ध अध्ययन, नेपालभाषा र गृह विज्ञान विभागहरुबाट दैनिक रुपमा हुनुपर्ने शैक्षिक प्रशासनका कामहरु हुन नसक्दा विद्यार्थीहरु मर्कामा परेको संघले जनाएको छ ।

साथै प्राध्यापकहरुले दैनिक कक्षाहरु लिएपछि आफ्नो विभाग जान नपाएको र विभागिय प्रमुखहरुले चौर र चिया पसलमा बसेर विद्यार्थीहरुका समस्याका सुनुवाइ गर्नु परेको र पारिश्रमिकसमेत नपाएको गुनासो गरेका छन् ।

बन्दका कारण सबै सरोकारवालाहरुमा परेको असहजता अविलम्ब हटनु पर्ने पक्ष रहेको संघका सभापति राम बहादुर के सीले बताए । आइतबारआजसम्म पनि यस्तै असहजताको परिस्थिति रहि रहेमा प्रथम चरणमा सोमबार बाट तीन दिन प्राध्यापकहरु दैनिक कक्षा संचालनमा सहभागि नहुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर