बान्गुईमा डुङ्गा डुब्दा ५८ जनाको मृत्यु, दर्जनौँ वेपत्ता भएको आशङ्का – Nepal Press

बान्गुईमा डुङ्गा डुब्दा ५८ जनाको मृत्यु, दर्जनौँ वेपत्ता भएको आशङ्का

काठमाडौं । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रमुखले शनिबार बताएका छन् ।

अन्त्येष्टिका लागि गएका उनीहरूसँगै अन्य व्यक्ति पनि रहेको अनुमान गरिएको छ ।

प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा भाइरल भएका भिडियोअनुसार डुङ्गामा ३०० भन्दा बढी मानिस सवार डुङ्गा शुक्रबार मपोको नदीमा पल्टिएको थियो ।

“हामीले पानीमा डुबेका ५८ मृत शरीरलाई पानीबाट निकालेका छौँ”, थोमस जिमासेले रेडियो गुइरासँग भने, “कति मानिस पानीमा डुबेका छन् भन्ने सही जानकारी अझै हामीलाई प्राप्त भइसकेको छैन ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर