रवि लामिछानेको दाबी- रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको छ (भिडिओ) – Nepal Press

रवि लामिछानेको दाबी- रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको छ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफ्नो पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

शनिबार इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले वर्षौदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त नबुझाएकाले रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको दाबी गरे ।

उनले रास्वपालाई सिध्याउने षड्यन्त्र भए पनि जनताले उठाएको शक्तिलाई सक्याउने ताकत कसैसँग नरहेको बताए ।

‘देशलाई सुशासनको बाटोतर्फ बढाउन रास्वपालाई थप शक्ति आवश्यक छ’, गृहमन्त्रीसमेत रहेका लामिछानेले भने, ‘चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्छ ।’

उनले मौन अवधिमा हुने आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशनसमेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर