अप्पर अरुण जलविद्युतमा विश्व बैंकले साढे ८०० मिलियन डलर बराबरको लगानी गर्ने (भिडिओ) – Nepal Press

अप्पर अरुण जलविद्युतमा विश्व बैंकले साढे ८०० मिलियन डलर बराबरको लगानी गर्ने (भिडिओ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादन गर्न विश्व बैंकले साढे ८०० मिलियन डलर बराबरको लगानी गर्ने सहमति भएको बताएको छ ।

शनिबार अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकेर स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको बताए ।

अर्थमन्त्री पुनले ६३५ मेगावाटको दूधकोशीमा एसियाली विकास बैंक (एडीबी)ले नेतृत्व गर्ने तर विश्व बैंकले पनि लगानी गर्ने बताए ।

उनले नेपालमा विदेशी लगानीकर्ताहरुको बाहुल्य भएको मुलुकमा अमेरिका तेस्रो स्थानमा रहेको र आगामी लगानी सम्मेलनबाट थप लगानी गर्न इच्छुक भएको बताएको जानकारी दिए । लगानी सम्मेलनमा अमेरिकाको चेम्बरको उपाध्यक्ष नै उपस्थिति हुने उनले बताए ।

‘समग्रमा हेर्दा अहिलेको लगानीमा अमेरिकन लगानीकर्ताहरु तेस्रो ठूलो लगानीकर्ताहरु नेपालमा रहेछन् । थप लगानी गर्न अमेरिकन लगानीकर्ताहरु तयार र उत्साहित रहेको पायौं’, उनले भने, ‘लगानी सम्मेलनमा अमेरिकाको चेम्बर अफ कमर्सको उपाध्यक्ष नै उपस्थित हुन स्वीकार गर्नुभएको छ । थप लगानी पनि घोषणा हुने भनिएको छ । आईटीलगायतका क्षेत्रमा लगानीको घोषणा हुँदैछ, सकारात्मक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर