ओली लक्षित माधव नेपालको टिप्पणी- राप्रपाको मतबाट चुनाव जितेर ठूला कुरा गर्न मिल्दैन (भिडिओ) – Nepal Press

ओली लक्षित माधव नेपालको टिप्पणी- राप्रपाको मतबाट चुनाव जितेर ठूला कुरा गर्न मिल्दैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राप्रपाको मतबाट चुनाव जितेर ठूला कुरा गर्न कसैले नमिल्ने बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको कोशी सम्पर्क कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित गरी उक्त टिप्पणी गरेका हुन् ।

उनले सत्ता गठबन्धनभित्र अरुले निर्णय गरेर पालन गर्न निर्देशन दिने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताए ।

आफ्नो पार्टीको मानसम्मान र भूमिकालाई वास्ता गरे गठबन्धनमा सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ छ । तर, अरुले निर्णय गरेर आफूलाई मान्न बाध्य बनाउने कुरा स्वीकार्य नहुने उनले बताए ।

अध्यक्ष नेपालले सूदुरपश्चिमको संकट टार्न आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नहुने अवस्थामा प्रधानमन्त्रीले सकारात्मक भूमिका खेलेर सहमतिको अवस्थामा ल्याएको भन्दै प्रचण्डलाई धन्यवाद दिए ।

लुम्बिनी र बागमतीमा विनाविभागीय मन्त्री दिएको भन्दै आपत्ति जनाएका उनले छोटो अवधिमा तीन पटक गठबन्धन परिवर्तन भएकाले अर्को गठबन्धन कहिले बन्छ भन्न नसकिने तर्क गरे ।

वर्तमान गठबन्धनलाई लामो समयसम्म टिकाउन सबैको भूमिका सकारात्मक हुनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

3 thoughts on “ओली लक्षित माधव नेपालको टिप्पणी- राप्रपाको मतबाट चुनाव जितेर ठूला कुरा गर्न मिल्दैन (भिडिओ)

  1. दलालको कुरा हेर । त भन्दा त राप्रपा धेरै माथि छ ।

  2. माधवकुमार नेपाल कांग्रेसको भिजी हुन कम्युनिस्ट आन्दोलनमा उनलाई बहिष्कार गरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर