त्रिविका नवनियुक्त शिक्षाध्यक्ष केसी सम्मानित – Nepal Press

त्रिविका नवनियुक्त शिक्षाध्यक्ष केसी सम्मानित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका विद्यावारिधि तथा दर्शानाचार्य तहका शोधकर्ताहरुले सम्मान गरेका छन् ।

विभागमा शनिबार आयोजित कार्यक्रममा प्रा.डा. केसीले नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको प्राज्ञिक सफलतामा गरेको अतुलनीय योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो ।

सम्मान ग्रहण गर्दै प्रा.डा. केसीले नयाँ जिम्मेवारी थपिएको बताउँदै विश्वविद्यालयको समग्र उन्नयनको लागि आफ्ना कार्ययोजनाबारे चर्चा गरे ।

विश्वविद्यालयले अन्तर्राष्ट्रिय सहयोग निकायहरुबाट प्राप्त हुने बजेटभन्दा राष्ट्रिय बजेटमा नै अनुसन्धान गर्दा राष्ट्रिय हितको सुरक्षा र सम्बर्द्धन हुने भएकोले अनुसन्धानको लागि सरकारकै बजेट वृद्धिको लागि पहल गर्ने उनको भनाइ थियो ।

उनले प्राध्यापकहरुको प्राज्ञिक क्षमता अभिवृद्धि गर्न योजना निर्माण गर्ने, शैक्षिक क्यालेन्डरको निर्माण र कार्यान्वयनमा जोड दिने र विश्वका विभिन्न विश्वविद्यालयहरुसँगको सहकार्यलाई तीव्र रुपमा अघि बढाउन पहल गर्ने योजना रहेको सुनाए ।

कार्यक्रममा विभागका फ्याकल्टी सहप्राध्यापक डा. टीकाराम गौतम, अर्थशास्त्री डा. डिल्लीराज खनाल, शोधकर्ताहरु हरिप्रकाश चन्द, रश्मि आचार्य, शिवराम रिजाल, हेमन्त बुढाथोकी, मणि शर्मा, सुनिता बराल र आशिषराज उपाध्यायले त्रिभुवन विश्वविद्यालयलाई आकर्षणको केन्द्र बनाउनुपर्ने धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *