आईओसीले सुरु गर्‍यो ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा – Nepal Press

आईओसीले सुरु गर्‍यो ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा

लन्डन । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)ले शुक्रबार ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको छ । एआईले खेलकुदका लागि प्रदान गर्न सक्ने परिकल्पना गरिएको प्रभाव र आईओसीले कसरी विश्वव्यापी नेतृत्व गर्न चाहन्छ भन्ने कुराको स्थापना गरेको छ ।

सन् २०१२ को लन्डन ओलम्पिक खेलहरूका लागि स्थलमध्येको लि भ्याली भेलोपार्कमा आयोजित उद्घाटन कार्यक्रममा आईओसी अध्यक्ष थोमस बाचले ‘ओलम्पिक एआई एजेन्डा’लाई यस क्षेत्रमा ओलम्पिक आन्दोलनका नेताद्वारा पहिलो दृष्टिकोणको रूपमा प्रस्तुत गरे ।

उनले भने, ‘यो ओलम्पिक एआई एजेन्डाले अवसर र जोखिम दुवैलाई प्रस्तुत गर्छ । यो एक वैचारिक र एकै समयमा व्यवहारिक दृष्टिकोण हो । यसले हाम्रो दृष्टि र महत्त्वाकांक्षालाई परिभाषित र एआईको पूर्ण क्षमतालाई अँगालेर हाम्रा मार्गदर्शक सिद्धान्तहरूलाई परिभाषित गर्छ ।’

आईओसीले खेलाडीहरूलाई समर्थन गर्ने, स्वच्छ प्रतिस्पर्धा, सुरक्षित खेलकुद, एआईका फाइदाहरूमा समान पहुँच सुनिश्चित गर्ने, दिगोपन, बढ्दो संलग्नतामा ध्यान केन्द्रित गर्दै ओलम्पिक र पाराओलम्पिक खेल सञ्चालनलाई अनुकूलन गर्नेलगायत पाँच वटा मुख्य फोकस क्षेत्रहरूमा प्रभावकारी रूपमा लाभान्वित गर्ने रणनीतिक लक्ष्य परिभाषित गरेको छ ।

अध्यक्ष बाचले ओलम्पिक एआई एजेन्डाको केन्द्र खेलाडीहरू रहेको उल्लेख गर्दै भने, ‘किनकि खेलाडीहरू ओलम्पिक आन्दोलनका मुटु हुन् ।’

उनका अनुसार एआईले संसारका हरेक कुनामा खेलाडी र प्रतिभा पहिचान गर्न सहयोग गर्नसक्छ तथा थप खेलाडीहरूलाई व्यक्तिगत प्रशिक्षण विधि, उत्कृष्ट खेल उपकरण, फिट र स्वस्थ रहन थप व्यक्तिगत कार्यक्रमहरूमा पहुँच प्रदान गर्नसक्छ ।

खेलकुद प्रदर्शनभन्दा बाहिर एआईले न्याय र रेफ्रीमा क्रान्ति ल्याउन सक्नेछ । यसबाट खेलकुदमा निष्पक्षतालाई बलियो बनाउने र खेलकुद सुरक्षामा सुधार ल्याउनसक्छ । एआईले खेलकुद कार्यक्रमहरूको आयोजनालाई अत्यन्त प्रभावकारी बनाउने, खेल प्रसारणलाई रूपान्तरण गर्ने र दर्शकको अनुभवलाई धेरै व्यक्तिगत राख्ने अध्यक्ष बाचले बताए । -रासस/सिन्ह्वा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *