चोभारमा आगो निभाउन गएको काठमाडौं महानगरको दमकल दुर्घटना, ६ जना घाइते
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८१ वैशाख ८ गते १४:१८
![](https://www.nepalpress.com/wp-content/uploads/2024/04/chobhar-damakal.jpg)
काठमाडौं । चोभारस्थित जंगलमा लागेको आगो निभाउन गएको काठमाडौं महानगरको दमकल पल्टिँदा ६ जना घाइते भएका छन् ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको बताए । घटनामा परेरका तीनतीन जना सशस्त्र प्रहरी र नगर प्रहरी घाइते भएको उनले जानकारी दिए ।
उनका अनुसार घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया