आफूसँग भएका सम्झौता २१ दिनभित्र पूरा नभए अनसन बस्ने गोविन्द केसीको चेतावनी (भिडिओ) – Nepal Press

आफूसँग भएका सम्झौता २१ दिनभित्र पूरा नभए अनसन बस्ने गोविन्द केसीको चेतावनी (भिडिओ)

काठमाडौं । डा. गोविन्द केसीले आफूसँग विगतमा सरकारले गरेका सम्झौता तीन हप्ताभित्र पुरा नगरे अनसन बस्ने चेतावनी दिएका छन् ।

माइतीघरमा प्रदर्शनमा उत्रिएका केसीले नागरिक अधिकारको पुनर्स्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय र पीडकलाई सजाय, कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

यस्तै सबै नेपालीको निःशुल्क उपचार, यसअघि भएका शिक्षा र स्वास्थ्य सुधारसम्बन्धीका सम्झौताहरू कार्यान्वयन हुनुपर्ने माग उनको छ ।

सर्वोच्च अदालतले दुर्गा प्रसाईँको मेडिकल कलेज सञ्चालनका लागि दिएको आदेशविरुद्ध पुनरावेदन गर्न पनि सरकारसँग माग गरेका छन् ।


प्रतिक्रिया

One thought on “आफूसँग भएका सम्झौता २१ दिनभित्र पूरा नभए अनसन बस्ने गोविन्द केसीको चेतावनी (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *