रास्वपालक्षित ओलीको टिप्पणी- स्वार्थको लागि अस्थिर शक्ति विकल्प हुन सक्दैन (भिडिओ) – Nepal Press

रास्वपालक्षित ओलीको टिप्पणी- स्वार्थको लागि अस्थिर शक्ति विकल्प हुन सक्दैन (भिडिओ)

आफ्नै कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र फर्किँदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गर्दै आफ्ना स्वार्थको लागि अस्थिर र डोलायमान रहने शक्तिहरू विकल्प हुन नसक्ने टिप्पणी गरेका छन्।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै विकल्प भनिएका शक्तिहरूले समस्या उजागर गरे पनि तिनीहरूसँग समाधान नभएको दाबी गरे।

उनले भने, ‘असन्तुष्टिलाई एकतिर पपुलिजमले उजागर गर्न सक्छन्, तर त्यसको समाधान भने छैन। सही दर्शन र विचारधारा नभएको अर्थ राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्ना स्वार्थको लागि अस्थिर र डोलायमान रहने शक्तिहरू विकल्प हुन सक्दैन।’

आफ्नै कर्मका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउने प्रयास सफल नहुने बताए।

उनले भने, ‘आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउने प्रयास सफल हुने कुनै सम्भावना छैन। यसबाट ढुक्क भए हुन्छ अब इतिहासको चक्र पछाडि फर्किनेछैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर