पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १० घाइते – Nepal Press

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १० घाइते

रुपन्देही । पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जीप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति लु १ ज २५३५ नम्बरको जीप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो । भित्री कच्ची सडकमा दुर्घटना हुँदा जीपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ । सो जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर