युरोपमा यो वर्ष इङ्ग्लिस क्लबहरूको दबदबा अन्त्य – Nepal Press

युरोपमा यो वर्ष इङ्ग्लिस क्लबहरूको दबदबा अन्त्य

हेटौँडा । विश्व क्लब फुटबलको सर्वाधिक चर्चित तथा सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रूपमा हेरिने युरोपा च्याम्पियन्स लिग र दोस्रो स्थानमा रहेको युरोपा लिगमा यो पटक इङ्लिस क्लबहरू सेमिफाइनल प्रवेशबाट बाहिरिए ।

क्लब फुटबलमा सर्वाधिक लोकप्रिय इङ्लिस प्रिमियर लिगका क्लबहरूले च्याम्पियन्स लिग र युरोपा लिगमा गरेको प्रदर्शनबाट इङ्लिस फुटबलको आक्रामक खेलको स्तर कम भएको आङ्कलन फुटबल विश्लेषकहरू गरेका छन् ।

गत वर्षको च्याम्पियन्स लिग विजेता म्यान्चेस्टर सिटी सहित च्याम्पियन्स लिगको यो वर्षको दाबेदार टोलीको रूपमा रहेको आर्सनललाई इंल्याण्ड बाहिरका क्लबहरूले धुलो चटाइदिएपछि इङ्लिस फुटबलको आक्रामकताबारे प्रश्न उठ्न थालेको छ ।

यो वर्ष स्पेन, जर्मन र फ्रेन्च फुटबलले च्याम्पियन्स लिगमा आफ्नो दबदबालाई कायम गर्दा इङ्लिस फुटबलले कुनै कमाल गर्न सकेन । खेलको टप ८ अर्थात् क्वाटर फाइनलमा इङ्लिस फुटबलका महारथीहरू म्यान्चेस्टर सिटी तथा आर्सनल पुगेका थिए ।

हाल प्रिमियर लिगको शीर्ष स्थानको सिटी र दोस्रो स्थानको आर्सनलले च्याम्पियन्स लिगको कम्तीमा चार स्थानमा उपस्थित जनाउनेमा प्राय फुटबल विश्लेषकहरू ढुक्क थिए । तर स्पेनिस महारथी रियल मेड्रिडको अगाडी सिटीको केहि लागेन । पहिलो लेगमा ३–३ को बराबरी खेलेको सिटिले दोस्रो लेगमा पेनाल्टी सुटआउटमा मेड्रिडलाई नतिजा सुम्पियो ।

अर्को खेलमा जर्मन क्लब बार्यन म्युनिखले इङ्लिस क्लब आर्सनलको यात्रा पनि अन्त्य गरिदियो । पहिलो लेगमा १–० ले हारेको आर्सनले सेमिफाइनल पुग्न वार्यनलाई कम्तीमा २–० ले हराउनुपर्ने अवस्था थियो ।

जर्मन लिगमा यो सिजन आफ्नो स्तर अनुसार प्रदर्शन गर्न नसकेको वार्यनलाई प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएको आर्सनले जित्ने अनुमान गरिएको थियो । तर च्याम्पियन्स लिगसम्म आइपुग्दा त्यस्तो भएन ।

पहिलो लेगमा नै वार्यनले आर्सनललाई निराश पारिदिएको थियो भने दोस्रो लेगमा २–२ को रोमाञ्चक बराबरी भएपछि समग्रमा ३–२ को जित निकाल्दै वार्यन सेमिफाइनल प्रवेश भयो ।

यो पटकको च्यम्पियन्स लिगमा अर्को रोमाञ्चक खेल फ्रेन्च क्लब पिएसजी र स्पेनिस क्लब बार्सिलोनाको पनि रह्यो । पहिलो लेग ३–२ ले पराजित रहेको पिएसजीले दोस्रो लेगमा पुनरागमन जित निकाल्दै पहिलो पटक च्याम्पिसयन्स लिग जित्ने बाटोको एक कदम नजिक पुग्न सफल बन्यो । बार्सिलोनालाई हराउने क्रममा पिएसजीले दोस्रो लेगमा ४ गोल गर्न सफल भयो । उसले वार्साको तर्फबाट १ गोल मात्र खायो । समग्रमा ६–४ को नतिजा सहित पिएसजी सेमिफाइनल प्रवेश गर्‍यो ।

च्याम्पियन्स लिगकै अर्को खेलमा जर्मनको बोरुसिया डर्टमुन्ड ले स्पेनकै एथेलेटिको मेड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।

युरोपा लिगमा पनि इङ्लिस क्लबहरू सेमिफाइनल बाहिर

च्याम्पियन्स लिगपछि सर्वाधिक चर्चित लिगको रूपमा रहेको युरोपा लिगमा पनि इङ्लिस क्लबहरूले राम्रो प्रदर्शन गर्न सकेनन् ।

युरोपा लिगमा रहेका इङ्लिस क्लबहरू लिभरपुल र वेस्टह्याम पराजित भयो । लिभरपुल इटालियन क्लब एटलान्टासँग पराजित हुँदै बाहिरिदा वेस्ट ह्याम्पले जर्मन लिग विजेता वायल लेभरकुजेनलाई नतिजा सुम्पियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *