६ नेपाली खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने – Nepal Press

६ नेपाली खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने

काठमाडौं । ६ नेपाली खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् ।

राष्ट्रिय महिला क्रिकेट टीमका कप्तान इन्दु बर्मासहित ६ जनाले मलेसिया क्रिकेट एसोसिएसनले आयोजना गर्ने मलेसिया सुपर वुमन्स कप खेल्ने भएका हुन् ।

बर्मासहित रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसिया सुपर वुमन्स कप खेल्न लागेका हुन् ।

मलेसिया सुपर वुमन्स कप अप्रिल २४ देखि मे ५ सम्म मलेसियामा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *