लखनऊसँग चेन्नई ८ विकेटले पराजित – Nepal Press

लखनऊसँग चेन्नई ८ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा लखनऊ सुपर जायन्ट्स विजयी भएको छ । लखनउले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १७७ रनको लक्ष्य पछ्याएको लखनउले १९ ओभरमा २ विकेट गुमाएर १८० रन बनायो । लखनऊका  लागि कप्तान राहुलले सर्वाधिक ८२ र डि ककले ५४ रन बनाए। निकोलस पूरन २३ र मार्कस स्टोइनिस ८ रनमा अविजित रहे।

चेन्नईका मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले १७६ रन बनाएको थियो। चेन्नईका लागि रविन्द्र जडेजाले अविजित ५७ रन बनाए । महेन्द्रसिंह धोनीले २८, अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रन बनाए ।

लखनऊका कृणाल पाण्ड्याले २ विकेट लिँदा मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको नाममा १/१ विकेट रह्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर