उपनिर्वाचन : प्रदेशसभामा बाबुरामको नीति ‘राइट टू नो भोट’ – Nepal Press

उपनिर्वाचन : प्रदेशसभामा बाबुरामको नीति ‘राइट टू नो भोट’

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वका नेपाल समाजवादी पार्टीले वैशाख १५ गते हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभामा १ मा ‘राइट टू नो भोट’ को नीति अपनाउने भएको छ। दुई दिन बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

प्रवक्ता कृष्ण शर्माका अनुसार बैठकले जनजीविकाका सावाल र समसामयिक राजनीतिक मुद्दाहरूलाई लिएर विभिन्न अभियानहरू सञ्चालन गर्ने नीति, विचार कार्यक्रम र मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद गर्न समिति गठन गरेको छ।

समितिमा प्रवक्ता शर्मासहित सोना सिं स्याङतान र मानुषी यमि भट्टराई रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर