एमालेले भन्यो- प्रचण्ड सरकारको निरन्तरताको पक्षमा छौं (भिडिओ) – Nepal Press

एमालेले भन्यो- प्रचण्ड सरकारको निरन्तरताको पक्षमा छौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देशको ओरालो यात्रा रोक्नको लागि वामपन्थी र नयाँ शक्तिहरु मिलेर नयाँ समीकरण बनाएको बताए ।

उनले भने, ‘कतिपयले आलोपालो भन्ने गरेका छन् । हामीले यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौं भनिरहेका छौं । हाम्रो चिन्ता जनता र मुलुकप्रति हो। त्यो कुरामा जोड दिँदै आएका छन् ।’

उनले लोकतन्त्र र परिवर्तनमाथि संकट परेको बेलामा कांग्रेससँग मिलेर काम गर्नुपर्छ भन्ने मान्यताको आफूहरुको रहेको बताए ।

उनले भने, ‘लोकतन्त्रलाई संस्थागत गर्ने प्रश्नमा सत्ता र प्रतिपक्ष सबैसँग मिलेर काम गर्न तयार नै छौं । हामी सत्ताको लागि लालायित छैनौं । पहिले पनि सत्ता हाम्रो लागि प्राथमिकता होइन भनेका थियौं । मुलुकलाई सही बाटोमा डोहोर्याउने विषय हाम्रो प्राथमिकता हो भनेका थियौं । अहिले पनि नयाँ समीकरणमा यही मन्त्रालय चाहिन्छा भनेका छैनौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर