कोशी प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित पक्षमा ५२ जना उभिए – Nepal Press

कोशी प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित पक्षमा ५२ जना उभिए

विराटनगर । कोशी प्रदेशसभामा बिहीबार पेस भएको संकल्प प्रस्तावको पक्षामा ५२ जना प्रदेशसभा सदस्य उभिएका छन् । कोशी प्रदेशसभामा ध्वनि संकल्प प्रस्ताव पास भएपछि मत विभाजनको माग हुँदा पक्षमा ५२ जना प्रदेशसभा सदस्य उभिएका हुन् ।

विपक्षमा भने एक जना पनि उभिएनन् । ध्वनि मतले पास भएपछि मत विभाजन गर्ने व्यवस्था नभएको भन्दै कांग्रेस र एकीकृत समाजवादीका प्रदेशसभा सदस्य सहभागी भएनन् । ३ जना प्रदेशसभा सदस्य भने तटस्थ रुपमा उभिए ।

सभाको विशेष अधिवेशनमा नेकपा एमालेको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा भएको संकल्प प्रस्ताव पास भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर