कपिलवस्तुमा भारतीय नागरिकको अपहरणपछि हत्या, तीनजना पक्राउ – Nepal Press

कपिलवस्तुमा भारतीय नागरिकको अपहरणपछि हत्या, तीनजना पक्राउ

रुपन्देही । कपिलवस्तुको मायादेवी गाउँपालिकामा भारतीय नागरिकको अपहरणपछि हत्या भएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षीय जमाल अहमदको अपहरण पछि हत्या भएको कपिलवस्तु प्रहरी प्रवक्ता हरिबहादुर वलीले जानकारी दिए ।

युपी ५५ एएच २०५७ नम्बरको मोटरसाइकल चढेर बिहीबार दिउँसो ४ बजेतिर नेपाल आइरहेका बेला बिजुवा पुलमा रोकेर जमाललाई ट्याम्पुमा राखेर अपहरण गरिएको थियो ।

उनलाई अभिराभ गाउँ नजिक रहेको इसलाहुल मुस्लिम मदरसाको कोठामा बाँधेर कुटपिट गरी हत्या गरिएको वलीले बताए । घटनामा संलग्न मुख्य अभियुक्तसहित ३ जना नेपालीलाई पक्राउ परेका छन् । हत्या गरिएको शव बिहीबार राति १२ बजे फेला परेको र उनको पोष्टमार्टमपछि परिवारलाई बुझाइएको छ । सीमा क्षेत्रमा रहेका यो परिवारमा आर्थिक विवादका कारण घटना भएको प्रहरीले आंकलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *