हमासको आक्रमणमा मारिएका आनन्द शाहको परिवारलाई मधेश सरकारको पाँच लाख – Nepal Press

हमासको आक्रमणमा मारिएका आनन्द शाहको परिवारलाई मधेश सरकारको पाँच लाख

जनकपुरधाम । इजरायलमा हमास समूहको आक्रमणमा मारिएका धनुषाका आनन्द शाहका परिवारलाई मधेश सरकारले आर्थिक सहयोग गरेको छ ।

गत असोज २० मा धनुषाको लक्ष्मीनिया गापा ४ का शाह हमासको आक्रमणमा मारिएका थिए । घटनाको ६ महिनापछि मधेश सरकारले उनको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

मृतक शाहका बुबा सोमन शाहलाई मुख्यमन्त्री सरोज कुमार यादवले ५ लाखको चेक हस्तान्तरण गरेका छन् । घटनालगत्तै मुख्यमन्त्री यादवले आर्थिक सहयोगको घोषणा गरेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढेका शाह अभ्यासका लागि इजरायल पुगेका थिए । उनी एक्लो छोरा थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर