देउवा-माधव भेटबारे झलनाथ भन्छन् : छलफल स्वभाविक हो, गठबन्धन फेरिँदैन – Nepal Press

देउवा-माधव भेटबारे झलनाथ भन्छन् : छलफल स्वभाविक हो, गठबन्धन फेरिँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने प्रष्टीकरण दिएका छन् ।

गठबन्धनमा असन्तुष्टि बढिरहेको बेला विराटनगर पुगेका नेता खनालले आवश्यक महसुस भएरै पहिलाको सत्ता समीकरण परिवर्तन गरेको बताए ।

उनले भने, ‘आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको हो। त्यसैले यो परिवर्तन हुँदैन’

उनले अध्यक्ष माधव नेपालले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य रहेको भन्दै गठबन्धनमा समस्या नपर्ने बताए ।

गठबन्धनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले आफूहरुले हेपेको भन्दै असन्तुष्ट नेपालले देउवासँग वैकल्पिक गठबन्धन बनाउने प्रयास जारी राख्ने सहमति गरेका थिए । त्यो सहमतिपछि हिजो प्रधानमन्त्री प्रचण्ड, ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल भएको थियो ।

तर, नेता खनाले अहिलेको समीकरणकै पक्षमा छन् । उनले भने, ‘वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिस्टबिच एकता जरुरी छ । यो आजको आवश्यकता पनि हो । यसमा कुनै दुईमत छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर