हाम्रो पार्टी नेतृत्वले गरेको काम हेरेर मलाई भोट हाल्नुस् : मिलन लिम्बू – Nepal Press

हाम्रो पार्टी नेतृत्वले गरेको काम हेरेर मलाई भोट हाल्नुस् : मिलन लिम्बू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका इलाम २ का उम्मेदवार मिलन लिम्बूले आफू भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी भएको बताएका छन् । माङसेबुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अन्य दलका नेताहरुले जस्तो आफू भ्रष्टाचार नगर्ने जिकिर गरे।

उनले भने, ‘म विगतमा जस्तो अरु दलका नेताहरुले जस्तो भ्रष्टाचार गर्नेवाला छैन । हाम्रा साना साना आयोजनामा भ्रष्टाचार गर्ने छैन । हामी भ्रष्टहरुलाई लखेट्नुपर्छ र सुशासन कायम गर्नुपर्छ भन्ने अभियानमा तपाईंहरुले साथ दिनुहुन्छ भन्ने विश्वास व्यक्ति गरेर आएको छु । भ्रष्टाचारविरुद्ध अभियानमा हामी लागेनौं भने यहाँबाट तपाईंका सन्ततिहरु पलायन हुनुपर्छ । त्यसैले म सुशासनको अभियानमा लागेको छु । हाम्रो पार्टी नेतृत्व पनि यही हुनुहुन्छ त्यसैले कसले गर्छ कसले गर्दैन भन्ने चिन्नुभएकै छ । हाम्रो पार्टीले गरेको काम सबैले थाहा पाइसक्नुभएको छ ।

उनले आफू इलामको माटो चिनेको हुनाले त्यहाँको विकासका लागि आफूलाई इलामवासीले मत दिएर जिताउने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर