कुशल भुर्तेलको शानदार क्याच, यूएईले ५४ रनमा गुमायो दोस्रो विकेट – Nepal Press

कुशल भुर्तेलको शानदार क्याच, यूएईले ५४ रनमा गुमायो दोस्रो विकेट

काठमाडौं। एसीसी प्रिमियर कपको सेमिफाइनलमा साबिक विजेता नेपालविरुद्ध एक सय २० रनको लक्ष्य पछ्याइरहेको यूएईले दोस्रो विकेट गुमाएको छ।

यूएईले ५४ रन जोडेको अवस्थामा विष्णु सुकुमारन आउट भए। उनलाई कुशल भुर्तेलले शानदार क्याच आउट गरे। गुल्सन झाको बलमा २८ रनमा खेलिरहेका सुकुमारन आउट भएका हुन्।

यूएईले १२ रन जोड्दा कप्तान मुहम्मद वासिमलाई गुमाएको थियो। वासिमले ११ रन जोडे। सोमपाल कामीले उनलाई आउट गरेका थिए। यूएईले ८ ओभरमा २ विकेट गुमाएर ५५ रन जोडेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *