आफ्नै दलका मुख्यमन्त्रीलाई कांग्रेस सांसदको आग्रह- सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गर्नुस् – Nepal Press

आफ्नै दलका मुख्यमन्त्रीलाई कांग्रेस सांसदको आग्रह- सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गर्नुस्

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशसभाका सदस्य विनोद राईले सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री केदार कार्कीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

कोशी प्रदेशसभामा टेबल भएको सङ्कल्प प्रस्तावमा बोल्दै उनले भने, ‘को को मन्त्री हुन चाहनुहुन्छ ? नेपाली कांग्रेसका मन्त्री हटाएर उहाँहरुलाई मन्त्री बनाइदिनुस् ।’

सांसद राईले विपक्षीहरुलाई मुख्यमन्त्रीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन पनि आग्रह गरे । प्रदेशसभामा सङ्कल्प प्रस्ताव संविधान र प्रदेशसभा नियमावलीविपरीत आएको उनको भनाइ थियो ।

राईले सङ्कल्प प्रस्ताव जस्केलाबाट छिराएको बताए । उनले संविधानको धारा १६८ (५) अन्तर्गत बनेको सरकारको विषयमा अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक व्यवस्था रहेको भन्दै जस्केलाबाट सङ्कल्प प्रस्ताव छिराएको बताए ।

नेपाली कांग्रेस कोशी प्रदेशसभा सदस्य खगेनसिंह हाङामले सङ्कल्प प्रस्ताव बेमौसमी फल भएको बताए । कुबेलामा ल्याइएको प्रस्ताव प्रदेशसभा नियमावलीमा भएको व्यवस्थाविपरीत भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर