महाधिवेशन सारेर नेकपा एसले थाल्यो सदस्यताको प्रमाणीकरण – Nepal Press

महाधिवेशन सारेर नेकपा एसले थाल्यो सदस्यताको प्रमाणीकरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरूको सदस्यताका साथै प्रतिनिधिको संगठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ।

पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस्यता एवं नवीकरणका सबै प्रक्रियाको प्रमाणीकरण गर्न लागिएको महासचिव घनश्याम भुसालले बताए।

यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको उनले बताए।

उनले भने( १५ गतेपछि प्रदान गरिएका र नवीकरण गरिएका सङ्गठित सदस्यलाई आसन्न १०औँ महाधिवेशनका लागि समावेश गरिने छैन।

पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको समय सीमा अगावै सिफारिस गरेका नामावलीलाई पार्टी केन्द्रीय सङ्गठन विभागले वैशाख ३० गतेसम्म प्रमाणीकरण गरी सम्बन्धित निकायमा विवरण पठाउने उनले बताए।

तल्लो तहबाट प्रमाणीकरणका आधारमा प्रतिनिधि चयन गरिने छ। सबै कमिटीले सम्बन्धित नेताहरूको संठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्यांनका आधारमा प्रतिनिधिको सिफारिस गर्नेछन्।

उनले पार्टीको महाधिवेशन समीकरणमा आएको परिवर्तन, आन्तरिक तयारीको कमी, आसन्न उपनिर्वाचनलगायत कारणले सरेको बताए।

जेठको दोस्रो साताका लागि तय भएको नेकपा एसको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्दैछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर