संसदमा इन्द्र आङवोको प्रश्न- सरकार कहाँबाट जन्मन्छ ? – Nepal Press

संसदमा इन्द्र आङवोको प्रश्न- सरकार कहाँबाट जन्मन्छ ?

विराटनगर । नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवोले सङ्कल्प प्रस्तावको पक्षमा रहेको बताएका छन् ।

कोशी प्रदेश सभामा टेबल भएको सङ्कल्प प्रस्तावको छलफलमा बोल्दै उनले मुख्यमन्त्री अल्पमतमा परेकाले राजीनामा दिनु पर्ने बताए । उनले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने बताए ।

उनले समर्थन र विश्वासको मत फिर्ता लिई सकेपछि नियमित संसद २ महिना पछि बोलाउनुलाई सरकारको नियत थाहा भएको बताए ।

उनले सरकार बहुमतले चलाउने भएकाले अल्पमतमा परेपछि मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नु पर्ने बताए । उनले धारा १६८ (५) अन्तर्गत बनेको सरकार चिरस्थायी नहुने दाबी गरे ।

उनले भने- संवैधानिक इजलासले धारा १६८ (५) अन्तर्गत सरकारलाई दिएको समर्थन व्यक्ती या दलले समेत फिर्ता लिन पाउने व्याख्या गएकाले आफूहरूले समर्थन लिएको बताए । उनले प्रश्न गर्ने सरकार कहाँबाट जन्मिन्छ ? सरकार त संसदट जन्मिने होइन ? संसदले सरकार जन्मिन्छ भने सांसदले निर्देश गरेपछि मुख्यमन्त्रीले निर्धारित समय भित्र मार्ग प्रशस्त गर्नु पर्छ ।

उनले संसदले संविधान अनुसार सरकारलाई निर्देशन गर्न सक्ने भएकाले अल्पमतमा परेको सरकारलाई नयाँ बन्ने सरकारलाई बाटो खोलिदिन सङ्कल्प प्रस्ताव पेस भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर