कुशल मल्ल आउट, ५० रनमा नेपालले गुमायो ४ विकेट – Nepal Press

कुशल मल्ल आउट, ५० रनमा नेपालले गुमायो ४ विकेट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा यूएईविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले कुशल मल्ललाई पनि गुमाएको छ।

कुशलले ५ बलमा ३ रन जोडे। उनलाई १० औ ओभरको पहिलो बलमा बासिल हमिदले बोल्ड गरेका थिए।

नेपालले ९.१ ओभरमा ४ विकेट गुमाएर ५० रन जोडेको छ। सन्दीप जोरा ३० रनमा खेल्दैछन्। नेपालका रोहित पौडेल ५ र आसिफ शेखले ८ रन जोडे भने कुशल भुर्तेलले खाता खोल्न सकेनन्। यूएईका जुनैद सिद्धिकी, ओमिद सफि रहमान, बासिल हमिद र अली नसिरले एक एक विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *