पहिलो बलमै कुशल आउट – Nepal Press

पहिलो बलमै कुशल आउट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा यूएईसँग भिडिरहेको नेपालले पहिलो बलमै विकेट गुमाएको छ। कुशल भुर्तेल गोल्डेन डक आउट भए ।

जुनैद सिद्धिकीको बल ब्याटमा लागेर विकेटकिपरले क्याच गरेका थिए । नेपालले टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको हो ।

कुशल लगातार दोस्रो खेलमा शून्यमा आउट भएका हुन् । यस अघि समूह चरणको अन्तिम खेलमा पनि उनले रन जोड्न सकेका थिएनन् ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल लगातार खेलमा शून्यमा आउट भएको यो दोस्रोपटक हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *