वेवारिसे सलाई बच्चाले चलाउँदा दाङमा आगलागी, ८७ वर्षीय वृद्धको मृत्यु – Nepal Press

वेवारिसे सलाई बच्चाले चलाउँदा दाङमा आगलागी, ८७ वर्षीय वृद्धको मृत्यु

रुपन्देही । घरमा राखेको सलाई बच्चाले खेलाउने क्रममा लागलागी भएपछि दाङमा ८७ वर्षीय वृद्धको जलेर मृत्यु भएको छ ।

दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलियामा आगलागी हुँदा तरुलिया निवासी अन्दाजी ८७ वर्षीय बिरबहादुर बोटेको मृत्यु भएको हो । आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट भएको छ ।

बिहीबार बेलुका ५ बजे जितबहादुर बोटेको घरबाट फैलिएको आगो नजिकै रहेको बिरबहादुर बोटेको घर र एक गोठ जलेर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बिहीवार केटाकेटी सलाईसँगै खेल्ने क्रममा घरमा एक्कासी खरको छानोले छाएको जितबहादुर बोटेको घरमा आगलागी भएको थियोे । सोही क्रममा घरमा रहेको सामान बचाउने क्रममा बिरबहादुर बोटे जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । घरमा आगो लागेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

आगोमा परी घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ । स्थानीय, जनप्रतिनिधि र प्रहरीको सहयोगमा राती नियन्त्रण आएको थियो ।

इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको जनाएका छन् । लमही र गढवाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *