सिटिजन्स बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा घरबारविहीनलाई १७ दिन भोजन व्यवस्था  – Nepal Press

सिटिजन्स बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा घरबारविहीनलाई १७ दिन भोजन व्यवस्था 

निःशुल्क स्वास्थ्य शिविर एवं रक्तदान कार्यक्रम पनि सञ्चालन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइरहेकालाई करिब १७०० जनालाई १७ दिनको भोजनको व्यवस्था गरेको छ ।

बैंकले गत चैत २० देखि २०८१ वैशाख ६ सम्म भोजन व्यवस्था गरेको हो । बैंकले आफ्नो सत्रौं वार्षिक उत्सव वैशाख ७ गते (शुक्रबार) मनाउँदै छ ।

भोटुस्इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई भोजन वितरण गरेको बैंकले जनाएको छ ।

सन् २०२० मा कोभिड १९ को सुरुवात सँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरुलाई खाना खुवाउने कार्यको थलानी गरेको संस्थाले हालसम्म ३ लाखभन्दा बढीलाई खाना खुवाएको छ भने ५०० भन्दा बढीलाई अन्य सहयोग गरिसकेको बैंकले उल्लेख गरेको छ ।

साथै बैंकले आफ्नो १७ औं वार्षिकोत्सव को उपलक्ष्यमा बिहीबार कोशी प्रदेशको धरान शाखाबाट निःशूल्क स्वास्थ्य शिविर संचालन गरि करीब १५० जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथैे आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको छ ।

साथै आजै धरान शाखा र महेन्द्रचोक शाखा, मधेश प्रदेशको महेन्दनगर धनुषा शाखा, बाग्मती प्रदेशको ठिमि, थानकोट, भैंसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरुबाट बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा २२२ जना दाताले रक्तदान गरेका छन् ।

हरेकवर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागिकार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको बैंकले जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । हाल ६० जिल्लामा बैंकले सेवा प्रदान गरिरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर