पोखराको सडकमा खसेको १७ लाख २ घण्टामै फेला पारी धनीको हातमा लगाइयाे जिम्मा – Nepal Press

पोखराको सडकमा खसेको १७ लाख २ घण्टामै फेला पारी धनीको हातमा लगाइयाे जिम्मा

काठमाडौं । पोखरामा बिहीबार एक व्यक्तिले बाटामा खसालेको १७ लाख नगद करिब २ घण्टामै फेला पारेका छन् । पृथ्वी चोकस्थित माता श्री ज्वेलर्सको रकम सोही ज्वेलर्समा काम गर्ने कालिगढ ४३ वर्षीय मनोहर पवँरले नयाँबजारस्थित कृषि विकास बैंकमा जम्मा गर्न जाँदा बाटामा खसालेका थिए ।

मोटरसाइकलको लेगार्डमा राखिएको झोला बाटोमा खसेको चाल पाएपछि पवँर तत्कालै प्रहरीकहाँ पुगेका थिए । कास्की प्रहरी प्रमुख मोहन थापाले १ बजेको घटनामा २ घण्टामै पैसा भेटाएर धनीलाई जिम्मा लगाइएको बताए ।

‘हामीले सिसिटिभीबाट हेर्दै जाँदा एक व्यक्तिले बाटोमा उठाएको देख्यौँ । पछि उनलाई भेटेपछि पैसा फिर्ता गर्न सम्भव भयो’, एसपी थापाले भने ।

प्रहरीका अनुसार भारत घर भएका ६५ वर्षीय छोटुलाल शर्माले पैसाको झोला भेटेका थिए । छोटुलालले पैसा धनीको खोजी गरिरहेको बेला प्रहरी सम्पर्कमा आएको बताएका छन् ।

 


प्रतिक्रिया

One thought on “पोखराको सडकमा खसेको १७ लाख २ घण्टामै फेला पारी धनीको हातमा लगाइयाे जिम्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर