मोबाइल तस्करसँग घुस लिएको आरोपमा जवान दोषी ठहर, इन्सपेक्टरको मृत्युपछि मुछिएको थियो नाम – Nepal Press

मोबाइल तस्करसँग घुस लिएको आरोपमा जवान दोषी ठहर, इन्सपेक्टरको मृत्युपछि मुछिएको थियो नाम

काठमाडौं । इलाका प्रहरी कार्यालय, बर्दघाट, नवलपरासीमा कार्यरत तत्कालीन सादा पोशाकका प्रहरी जवान संजिव धवल भष्ट्रचार आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार धवल र तस्करको आरोप लागेका अर्जुनप्रसाद शर्मालाई दोषी ठहर गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दघाटका तत्कालीन प्रमुख कपिल वाग्लेको सवारी दुर्घटनामा मृत्यु भएपछि गृह मन्त्रालयले बनाएको छानबिन समितीले मोबाइल तस्करसँग धवलले घुस लिएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो । तस्करीसँग नाम जोडिएपछि निलम्बनमा परेका वाग्लेको भोलिपल्ट सवारी दुर्घटनामा ज्यान गएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जवान धवलले २०७८ साउन २१ गते मोबाइल तस्करसँग एक लाख २० हजार नगद र बैंकिङ प्रणालीमार्फत ५५ हजार रुपैयाँसहित एक लाख ७५ हजार रुपैयाँ घुस लिएका थिए ।

विशेष अदालतका न्यायधिश रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले धवल र शर्मालाई जनहीँ ४ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । अर्का आरोपी इन्द्रलाल श्रेष्ठले भने सफाई पाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर