सुदूरपश्चिम सरकारमा तत्काल सहभागी नहुने एमालेको निर्णय – Nepal Press

सुदूरपश्चिम सरकारमा तत्काल सहभागी नहुने एमालेको निर्णय

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले तत्काल सहभागी नहुने भएको छ । आज सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले तत्काल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

‘अहिलेलाई समर्थन गर्ने र बाहिरबाट सहयोग गर्ने निर्णय गरेका छौँ ’ उनले भने, ‘अर्काे निर्णय नहुँदा सम्म सरकारमा सहभागी नहुने निर्णय गरेका छौँ ।’

प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् । आजै शपथको तयारी छ । सानो मन्त्रीमण्डल बनाउने सम्भावना पनि रहेको छ । तर, एमाले भने सरकारमा तत्काल सहभागी नहुने जनाएको छ ।

एमालेसहित, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर