मधेशमा माओवादीले फिर्ता बोलाएकी मन्त्रीले भनिन्- गठबन्धनको सरकार ढाल्ने प्रयास भयो – Nepal Press

मधेशमा माओवादीले फिर्ता बोलाएकी मन्त्रीले भनिन्- गठबन्धनको सरकार ढाल्ने प्रयास भयो

जनकपुरधाम । मधेश सरकारबाट नेकपा माओवादी केन्द्रले फिर्ता बोलाएकी पर्यटन मन्त्री सुनिता साहले आफ्नै गठबन्धनको सरकार ढाल्ने असफल प्रयास भएको बताएकी छन् ।

माओवादीले मन्त्री यादवलाई आजै फिर्ता बोलाएको हो । उनको स्थानमा माओवादीले यूवराज भट्टराईलाई पर्यटन मन्त्री बनाएको छ । माओवादी दलका नेता भरत साह पनि मन्त्री नियुक्त भएपनि मन्त्रालय तोकिएन ।

नवनियुक्त दुबै मन्त्रीलाई बधाई दिदै उनले आफू मन्त्री रहेको बेला दलका केही साथीबाट चरम असहयोग रहेको र मन्त्री बन्नकै लागि गठबन्धनकै सरकार ढाल्ने प्रयास भएको खुलासा गरेकी हुन् । उनले मन्त्रीबाट हड्दा पनि असहयोग नगर्ने प्रतिवद्वता जनाएकी छन् ।

स्रोतका अनुसार माओवादी संसदीय दलका नेता साहले कांग्रेस, लोसपा र जनमत पार्टीसंग मिलेर पटक पटक गठबन्धन सरकार ढाल्न खोजेका थिए ।

उनको अगुवाईमा भारत विहारको सुरसण्डमामा जसपाका समेत केही सांसदको सहयोगमा बहुमत पुर्याएर सरकार ढाल्ने बैठक भएको थियो । तर यो म्यासेज प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ समक्ष पुगेपछि उनको योजना असफल बनाइए ।

सांसद सुनिताले पनि त्यही बैठकको संकेत गर्दै सामाजिक संजालमा लेखेकी छन्, ‘हाम्रो पार्टीबाट आज मन्त्री मण्डलमा पर्नु भएको साथीहरूलाई म बिश्वास दिलाउन चाहन्छु कि मसंग मन्त्री पाउनकै निम्ति र आफ्नै गठबन्धनको सरकार ढाल्न जे जति प्रयास र व्यबहारहरु गरे । त्यो मेरो तर्फबाट दोहोरिने छैन । म एउटा सच्चा र सचेत जनप्रतिनिधिको रुपमा तपाईंहरुसँगै हुनेछु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर