मधेश सरकारमा थपिए तीन मन्त्री र एक राज्यमन्त्री, आजै लिए शपथ – Nepal Press

मधेश सरकारमा थपिए तीन मन्त्री र एक राज्यमन्त्री, आजै लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज फेरि सरकार पुनर्गठन गरेका छन् ।

मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्र, नेकपा एस र नेकपाका मन्त्री थपेका हुन् ।

पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाएर माओवादीले उनको ठाउँमा युवराज भट्टराईलाई मन्त्री बनाएको छ ।

यस्तै माओवादी संसदीय दलका नेता भरत साह पनि मन्त्री नियुक्त भएका छन् । उनको तत्काल मन्त्रालय तोकिएको छैन ।

नेकपा एसबाट बेची लुङ्गेली विना विभागीय मन्त्री र नेकपा एमालेबाट शारदा थापा गृह, सञ्चार तथा कानून राज्यमन्त्री नियुक्त भएकी छन् ।

मधेश भवनमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा भण्डारीले तीन मन्त्री र मुख्यमन्त्री यादवले राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर