सुदूरपश्चिममा एमालेको निर्णय कुर्दै कांग्रेस, देउवाको ब्रिफिङ- कोर्स नयाँ ढंगबाट जानसक्छ – Nepal Press

सुदूरपश्चिममा एमालेको निर्णय कुर्दै कांग्रेस, देउवाको ब्रिफिङ- कोर्स नयाँ ढंगबाट जानसक्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीति नयाँ कोर्समा अघि बढ्नसक्ने पार्टीका शीर्ष नेताहरुसँग ब्रिफिङ गरेका छन्।

बुधवार माधव नेपालसँग वैकल्पिक गठबन्धनसहित प्रदेश सरकार गठनलगायतको विषयमा छलफल भएपछि देउवाले पार्टीमा जानकारी गराएका हुन्।

देउवाको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘सुदूरपश्चिम सरकारको विषयमा कुराकानी भएको हो। माधवजीहरूले गठबन्धनबाटै समर्थन पाउनुभयो भने हामी विपक्षमा बस्छौँ। नत्र हामीले समर्थन गरेर जान्छौँ त्यसपछि राजनीतिक कोर्स नयाँ ढंगले जानसक्छ।’

भेटमा गठबन्धनको समर्थन पाए पनि सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नो पार्टीलाई समर्थन जनाउन माधव नेपालले आग्रह गरेको जानकारी गराएका थिए।

एमालेले नेकपा एसका दीर्घ सोडारीलाई समर्थन जनाए कांग्रेस विपक्षमा बस्ने सहमहामन्त्री डिना उपाध्यक्षले बताइन्।
सरकारको दाबी गर्ने अन्तिम समयमा मात्रै निर्णय गर्ने उनले बताइन्।

बैठकमा देउवाले गण्डकी प्रदेशमा अदालतको नजिरभन्दा बाहिर गरेर सरकार गठन गरेको उल्लेख कानूनी लडाइँको विकल्प नभएको बताएका थिए। ठूलो दलको हैसियतले कांग्रेसले मुख्यमन्त्री पाउनुपर्ने बैठकले निष्कर्ष निकालेको उनले सुनाइन्।

गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार सुदूरपश्चिम सरकारको नेतृत्व नेकपा एसले पाएको छ । त्यहाँ नेकपा एसले संसदीय दलको नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । तर, एमालेले सोडारीलाई समर्थन गर्न अटेर गरिरहेको छ ।

यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदद्वय लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर, दुवैको दाबी खारेज गर्दै प्रमुख नजिर मियाँले अर्को दाबी पेस गर्न आज साँझ ५ बजेसम्म समय दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर