कोशी : सङ्कल्प प्रस्तावका पक्षमा मतदान गर्न एमालेको ह्विप – Nepal Press

कोशी : सङ्कल्प प्रस्तावका पक्षमा मतदान गर्न एमालेको ह्विप

विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेले सांसदहरूलाई ह्विप जारी गरेको छ ।

एमालेको संसदीय दलको बैठकले प्रस्तावको पक्षमा अनिवार्य रूपमा उपस्थित हुन ह्विप जारी गरेको हो । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेत रेवतीरमण भण्डारीले आज प्रदेश सभामा सङकल्प प्रस्ताव टेबल गर्ने निर्णय भएको बताए ।

हिजो कार्य व्यवस्था परामर्श समितिको बैठकले भोली प्रस्ताव सभामा निर्णयार्थ पेस गर्ने सहमति भएको थियो ।

छलफलपछि एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव आजको प्रदेशसभामा पेस हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर