लुम्बिनी एमालेले टुङ्ग्यायो पाँच मन्त्रीको नाम – Nepal Press

लुम्बिनी एमालेले टुङ्ग्यायो पाँच मन्त्रीको नाम

दाङ । एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुङ्ग्याएको छ ।

संसदीय दलका नेता लीला गिरीका अनुसार एमालेले रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्न खत्रीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

आचार्यलाई अर्थ, ढकाललाई शहरी विकास, पन्थीलाई गृह,खत्रीलाई सामाजिक विकास र केसीले बन मन्त्रालयको जिम्मेवारी पाउने छन् ।

एमालेले पाँचै जनाको नाम मुख्यमन्त्री जोखबहादुर महरालाई बुझाइसकेको छ ।

मन्त्रीलाई आज बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर