सिटीलाई हराउँदै रियल सेमिफाइनलमा – Nepal Press

सिटीलाई हराउँदै रियल सेमिफाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिटीलाई पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। रियलको जितमा उसको गोलकिपर लुनिन नायक बने । उनले दुई पेनाल्टी रोकेपछि रियलको जित पक्का भएको हो ।

१४ पटक च्याम्पियन्स लिग जितेको रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम १–१ को बराबरी टुंगिएको थियो। समग्रमा ४–४ बराबरी भएपछि टाइब्रेकरमा गएको थियो। रियलले अब सेमिफाइनलमा बायर्न म्युनिखसँग खेल्नेछ।​


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *