नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने – Nepal Press

नेपालले सेमिफाइनलमा युएईसँग खेल्ने

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईसँग खेल्ने भएको छ । समूह ‘ए’ को विजेता नेपालले सेमिफाइनलमा समूह ’बी’ को उपविजेता युएईसँग खेल्ने भएको हो । समूह ’ए’ उपविजेता हङकङले समूह ’बी’ को विजेता ओमनसंग खेल्नेछ । दुवै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

समूह चरणमा नेपाल र ओमनले चार ओटै खेलमा जित हासिल गरेका छन् । यूएई ३ खेलमा जित र एक खेलमा हार र हङकङ दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।

प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *