विराटनगरको रानी क्षेत्रमा दुई समूहबीच झडप, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार – Nepal Press

विराटनगरको रानी क्षेत्रमा दुई समूहबीच झडप, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार

काठमाडौं । विराटनगरको रानी क्षेत्रमा दुई समूहबीच विवाद भएपछि झडप भएको छ । रामनवमीको अवसरमा निकालिएको र्‍याली अर्को समुदायको बस्तीमा पुगेपछि तनाव उत्पन्न भएको थियो । र्‍यालीलाई अर्को समूहले रोकेपछि दुई समूहबीच झडप भएको हो ।

झडप भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिएको थियो । सो क्रममा केही राउण्ड अश्रुग्यास र हवाई फायर समेत गरिएको प्रहरीले जनाएको छ ।

झडपमा परि केही स्थानीय र सुरक्षाकर्मी समेत घाइते भएका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरेपछि सो क्षेत्रको अवस्था सामान्य हुँदै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *