सल्यानमा बस दुर्घटना – Nepal Press

सल्यानमा बस दुर्घटना

रुपन्देही । सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बुधवार राप्ती राजमार्ग अन्तर्गत दाङ रुकुम सडक खण्डको बागचौर नगरपालिका २ ठिङबाङ खोलामा दुर्घटना भएको हो ।

दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।

उनका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । १० जना भने सामान्य छन् ।

गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । बाँकी सामान्य घाइतेको बागचौर स्थित विभिन्न पोलिक्लिनिकमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *