नेपालले साउदी अरेबियालाई हराउँदा हङकङ सेमिफाइनलमा – Nepal Press

नेपालले साउदी अरेबियालाई हराउँदा हङकङ सेमिफाइनलमा

काठमाडौं । नेपालले साउदी अरेबियालाई पराजित गरेसँगै हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधवार मलेसियालाई ७ विकेटले पराजित गरेको हङकङ नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेसँगै सेमिफाइनलमा पुगेको हो ।

नेपाललाई पराजित गरेको खण्डमा भने साउदी अरेबिया सेमिफाइनलमा पुग्ने थियो । ४ खेलमा हङकङको ४ अंक छ । नेपाललाई हराएमा साउदी अरेबियाको पनि ४ अंक पुग्थ्यो । रनरेटमा हङकङभन्दा साउदी अरेबिया अघि थियो ।

सेमिफाइनलमा पुग्न साउदी अरेबियालाई जितको आवश्यक थियो । तर, साउदी अरेबिया पराजित हुँदा हङकङको भाग्य खुलेको हो ।

समूह एबाट नेपाल विजेता र हङकङ उप-विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त समूहबाट साउदी अरेबियासहित कतार र मलेसिया घर फर्किएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *