एसीसी प्रिमियर कप- नेपाललाई साउदी अरेबियाले दियो ७४ रनको लक्ष्य – Nepal Press

एसीसी प्रिमियर कप- नेपाललाई साउदी अरेबियाले दियो ७४ रनको लक्ष्य

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७३ रन जोड्यो ।

साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका करण केसी र अभिनास बोहराले दुईदुई, प्रतिश जिसी र ललित राजवंशीले एकएक विकेट लिए ।

वर्षाका कारण तोकिएको समयमा खेल हुन नसकेपछि ओभर छोट्याएर खेल खेलाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *